+
+
Shares
बक्सअफिस :

‘होस्टेल ३’ले तीन दिनमा कति कमायो ?

चलेका कलाकार, ब्यानर र निर्माताको फिल्मलाई समेत कमाउन धौ धौ परिरहेको बेला डेब्यु निर्देशक, त्यसमा पनि सबै नयाँ अनुहारका कलाकारले अभिनय गरेको फिल्मले घरेलु बक्सअफिसमा सुखद डेब्यु गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १३:३१
फिल्मको एक दृश्यमा पारस बम ‘कुल ब्वाय’ र सिम्रन पन्त । यी दुबै चर्चित ‘कन्टेन्ट क्रिएटर’ हुन् ।

काठमाडौं । ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ ।

चलेका कलाकार, ब्यानर र निर्माताको फिल्मलाई समेत कमाउन धौ धौ परिरहेको बेला डेब्यु निर्देशक, त्यसमा पनि सबै नयाँ अनुहारका कलाकारले अभिनय गरेको फिल्मले घरेलु बक्सअफिसमा सुखद डेब्यु गरेको हो ।

फागुन २३ गते शुक्रबारदेखि रिलिज भएको फिल्मले प्रदर्शनको ३ दिनमा १ करोड ४६ लाख ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले विशेषगरि शनिबार राम्रो ब्यापार गर्‍यो । शनिबार अपरान्हपछिका शोमा दर्शकीय अकुपेन्सी खचाखच रह्यो । आइतबार अकुपेन्सीमा केही गिरावट देखिएपनि अनुपात निराशाजनक भने रहेन ।

कलाकार पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी लगायतको अभिनय यसमा छ । फिल्मको लगानी २ करोड रुपैयाँ बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?