
फाइल तस्वीर
२६ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् ।
मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजामा सहभागी हुने कार्यक्रम छ ।
मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।
मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयले १७ मार्चदेखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा पनि सहभागी हुनेछिन् ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।
सो कार्यक्रमलाई मन्त्री डा. राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4