+
+
Shares

आत्मनिर्भरताको बाटोमा लाग्न गैससलाई प्रधानमन्त्रीको आग्रह

उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १४:२७

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् ।

गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?