+
पीएम कप क्रिकेट :

किरण ठगुन्नाको शतकमा सुदूरपश्चिमले गण्डकीलाई हरायो

२०८१ फागुन  २६ गते १५:५० २०८१ फागुन २६ गते १५:५०
किरण ठगुन्नाको शतकमा सुदूरपश्चिमले गण्डकीलाई हरायो

२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

दाङको देउखुरीमा भएको खेलमा सुदूरले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ७ ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो ।

सुदूरका लागि किरण ठगुन्नाले अविजित शतकीय पारी खेले । १०१ बलमा उनले ९ चौका र ६ छक्कासहित १२१ रन बनाए । कप्तान नारयण जोशी ३८ रनमा अविजित रहे ।

गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनायो । दीपक डुम्रेले सर्वाधिक ६० रन बनाए भने अर्जुन कुमालले ५७ रन बनाए ।

सुदूरका शेर मल्लले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा २१ रन दिएर २ विकेट लिए । हेमन्त धामी, मिलन बोहरा र अर्जुन बिकले १-१ विकेट लिए ।

पहिलो खेलमा कर्णालीसँग पराजित भएको सुदूरले जितसँगै २ अंक जोडेको छ । गण्डकी पहिलो खेलमै पराजित भयो ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय