
२६ फागुन, काठमाडौं। व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का ४६ बर्षीय शान्त कुमार राई छन् । उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।
भोजपुरको साविक ठुलोदुम्मा गाविस-८ का विजय कुमार राईलाई शान्त कुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएका थिए । उनको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।
घटना पश्चात तत्काल भागी फरार रही लुकि छिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4