+
+
Shares

कोटीहोम आयोजनास्थलको विवाद समाधान गर्न दुवै पक्ष तयार

५ सदस्यीय वार्ता समिति बन्ने

पोखरा महानगरपालिका र आयोजक संस्थाबीच कोटीहोमको आयोजनास्थलसम्बन्धी विवाद बढ्दै गएका बेला वार्ताबाटै समाधान खोज्ने समझदारी बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १७:२८

२६ फागुन, पोखरा । कोटीहोमको आयोजनास्थल सम्बन्धी विवाद समाधानका लागि पोखरा महानगरपालिका र आयोजक मानव सेवा फाउन्डेसन संवादमा बस्न तयार भएका छन् ।

आयोजना नहुँदै विवादित बनेको कोटीहोम कुन स्थानमा सञ्चालन गर्ने भन्ने विवाद चल्दै आएको छ । फाउन्डेसनले फोवा ताल किनारमा रहेको नेपाल ट्रस्टको जग्गामा कोटीहोम सञ्चालन गर्ने तयारी गरेपछि विवाद सुरु भएको हो । महानगरले बिना अनुमति कोटीहोम गर्न नदिने बताउँदै आएको छ ।

सोमबार स्थानीय प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गर्ने प्रस्ताव गरेको छ । समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पोखरा महानगरका दुई प्रतिनिधि र फाउन्डेसनका दुई जना रहने गरी वार्ता समिति बनाउने समझदारी बनेको छ ।

मंगलबार बस्ने पोखरा महानगरपालिकाको बैठकले यस विषयमा टुंगो लगाउने प्रवक्ता मोती तिमिल्सेनाले जानकारी दिए । सोमबार पोखरा महननगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृत्वमा आयोजक फाउण्डेसनका विजय कृष्णमूर्ति भनिने विजय भण्डारीसहितको टोलीसँग वार्ताबाटै समाधान खोज्ने विषयमा सहमति भएको उनले बताए ।

सोमबारको छलफलमा फेवा किनारमा भन्दा अर्काे स्थानमा कोटीहोम गर्न दिने छलफल भएको प्रवक्ता तिमिल्सिनाले बताए । विवाद बढ्दै गएपछि दुवै पक्ष अदालत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?