+
+
Shares

घट्यो महँगी दर

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा महँगी दर ५.०१ प्रतिशत थियो भने पुस २०८१ मा ५.४१ प्रतिशत थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १७:४२
फाइल तस्वीर

२६ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष ७ महिनामा महँगी दर घटेको छ । नेपाल राष्ट्र बैंकले सोमाबर जारी गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्मको समग्र आर्थिक तथा वित्तीय अवस्था विवरण अनुसार महँगी दर घटेर ४.१६ प्रतिशतमा अडेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा महँगी दर ५.०१ प्रतिशत थियो भने पुस २०८१ मा ५.४१ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.७४ प्रतिशत रहेको बैंकको विवरणमा छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ६.५९ र ३.९८ प्रतिशत थियो ।

त्यस्तै गत माघमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८० प्रतिशत, दाल तथा गेडागुडी ९.०६ प्रतिशत, तरकारी ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले महँगी दर बढेको थियो भने मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९८ प्रतिशतले घटेको थियो ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३, तराई ४.२५, पहाड ४.११ र हिमालको ५.२१ प्रतिशत छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ५.३६, मदिराजन्य पेय पदार्थ ५.०८, यातायात ५.०१, सुर्तीजन्य पदार्थ ४.१० र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले महँगी दर बढेको राष्ट्र बैंकले जनाएको छ ।

माघमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ३.९६ प्रतिशतले बढेको छ ।
छ ।

केन्द्रीय बैंकका अनुसार प्रदेशगत रूपमा गत माघ महिनामा कोशीको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५, मधेस ३.९१, बागमती ३.३५, गण्डकी ३.४०, लुम्बिनी ४.१६, कर्णाली ४.०५ प्रतिशत र सुदूरपश्चिमको ४.७१ प्रतिशत छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३, तराई ४.२५, पहाड ४.११ र हिमालको ५.२१ प्रतिशत छ ।

माघ २०८१ मा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिनामा २.८२ प्रतिशत थियो ।

गत माघमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७, ३.११ र २.९० प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?