+
+
Shares

प्रदेश सरकारहरूको ७ महिनाको खर्च ५२ अर्ब

चालु आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार माघसम्म ७ प्रदेश सरकारले ५१ अर्ब ९० करोड रुपैयाँ बराबर खर्च गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १७:५२

२६ फागुन, काठमाडौं । प्रदेश सरकारहरूले सात महिनामा करिब ५२ अर्ब रुपैयाँ बराबर खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार माघसम्म ७ प्रदेश सरकारले ५१ अर्ब ९० करोड रुपैयाँ बराबर खर्च गरेका हुन् । त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब १ अर्ब ८९ करोड रुपैयाँ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २० अर्ब ९५ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?