२६ फागनु, काठमाडौं । औषधि व्यवस्था विभागले दुई औषधिलाई नेपालमा उत्पादन र विक्रि गर्न प्रतिबन्ध लगाएको छ । विभागमा दर्ता भएका एटोरवास्टेटिन ५ एमजी ट्याब्लेट र एम्पाग्लिफ्लोजिन ५ एमजी ट्याब्लेट स्टे्रन्थका एकल मिश्रण औषधिलाई प्रतिबन्ध लगाइएको हो ।
प्राविधिक अध्ययन गर्दा त्यहाँ प्रयोग भएका पदार्थहरू नेपालमा दर्ता भएको नपाइएको विभागले जनाएको छ । यसपछि औषधि मूल्यांकन समितिले गतअसोज ९ गते र कार्तिक २ गते औषधि उत्पादन तथा विक्रीवितरण रोक्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा माघ ३ गते बसेको सल्लाहकार समितिको बैठकको निर्णयअनुसार औषधि व्यवस्था विभागले उक्त औषधिमाथि प्रतिबन्ध लगाएको हो ।
हाल बजारमा रहेको भए बढीमा ३ महिनाभित्र फिर्ता गर्न भनिएको छ । बजारमा रहेको औषधिको विवरण समेत विभागमा पठाउन निर्देशन दिइएको छ ।
यी औाषधिहरू कोलेस्टेरोल नियन्त्रण र मधुमेह रोगका लागि प्रयोग हुने गरेका छन् ।
प्रतिक्रिया 4