+
+
Shares

देश परिवर्तनको हुटहुटीले राजनीतिमा होमिएँ : प्रधानमन्त्री ओली

देशमा परिवर्तन ल्याउने र जनताको सेवा गर्ने हुटहुटीले आफूलाई राजनीतिमा पुर्‍याएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:००

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तनको आवश्यकता महसुस गरेपछि आफू अध्ययन छोडेर राजनीतिमा लागेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण गर्दै प्रधानमन्त्रीले देशमा परिवर्तन र जनताको सेवा गर्ने हुटहुटीले आफूलाई राजनीतिमा पुर्‍याएको बताए ।

मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेतीको आत्मवृतान्त नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

साहित्यकार उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्त रूपमा निष्ठापूर्ण रूपमा लागेका व्यक्ति भएको भन्दै प्रधानमन्त्रीले उनी आफ्ना पुख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको चर्चा गरे ।

पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्वसदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?