+
+
Shares

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा शुक्र हाउस अफ डाइग्नोस्टिक्समा २० प्रतिशत छुट

ग्राहकले त्यसरी पीओएस मार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत, इन हाउस स्पेसलाइजेसन टेस्टमा १५, आउटसोर्स टेस्टमा ५ प्रतिशत तथा एक्सरे, यूएसजी, ईसीजी र इको गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:०४

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र शुक्र हाउस अफ डाइग्नोस्टिक्स एन्ड वेलनेस सेन्टरबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ ।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यस्तो छुट पाउन आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकले त्यसरी पीओएस मार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत, इन हाउस स्पेसलाइजेसन टेस्टमा १५, आउटसोर्स टेस्टमा ५ प्रतिशत तथा एक्सरे, यूएसजी, ईसीजी र इको गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

यसका साथै एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई काठमाडौं उपत्यकाभित्र घरमै बसिबसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत, नर्सिङ केयर सेवामा ५ प्रतिशत र नेपालभरि नै टेलिमेडिसिन सेवामा ५ प्रतिशत छुट दिइने छ भने काठमाडौं उपत्यकाभित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?