+
+
Shares

अमेरिका, जापान, अस्ट्रेलिया र क्रोएसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

आकर्षक तलबमा अमेरिका, जापान, अस्ट्रेलिया र क्रोएसिया पठाइदिने पठाइदिने भन्दै ठगी गरेको आरोपामा ४ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:१७

२६ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा अमेरिका, जापान, अस्ट्रेलिया र क्रोएसिया पठाइदिने पठाइदिने भन्दै ठगी गरेको आरोपामा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने गोरखाको आरुघाट घर भएका २४ वर्षीया सरु परियार, काठमाडौं महानगरपालिका-३ टोखा बस्ने कञ्चनपुरको बेलौरी नगरपालिका-३ घर भएका ३२ वर्षीय जेम्स राना, काठमाडौंको कीर्तिपुर नगरपालिका-६ का ३४ वर्षीय रेखा तुलाधर र काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङको नीलकण्ठ नगरपालिका-९ बस्ने २७ वर्षीय रवि खनाल रहेका छन् ।

परियारले एक जना पीडितसँग अस्ट्रेलिया पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई काठमाडौं महानगरपालिका-११ बाट आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी रानाले क्रोएसिया पठाइदिने भन्दै एक जना पीडितसँग ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो । पीडितको उजुरीको आधारमा उनलाई टोखाबाट आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी तुलाधरले जापान पठाइदिने भन्दै ४ जना पीडितसँग १३ लाख २ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो । पीडितहरूको उजुरीको आधारमा उनलाई ललितपुर महानगरपालिका-१८ बाट सोमबार नियन्त्रणमा लिएको हो ।

यसैगरी खनालले अमेरिका पठाइदिने भन्दै एक जना पीडितसँग १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो । पीडितको उजुरीको आधारमा उनलाई आइतबार काठमाडौं महानगरपालिका-२२ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?