+
+
Shares

नागरिकका आक्रोशको आगोमा रोटी सेक्नेहरू छन् : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:२५

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको बताएका छन् ।

राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो निभाउने दायित्व कांग्रेसको रहेको बताए ।

सुदूरपश्चिम कांग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नागरिकमा असन्तुष्टि रहे पनि निराशा भने नरहेको बताए ।

‘जसले २०६० सालमा माओवादीले लखेट्दा पनि हामीलाई साथ दिए । जसले राजाले अधिकार खोसेको बेलामा पनि हामीलाई साथ दिए । पहिलो संविधान सभा असफल भएको बेलामा पनि साथ दिए । ती नागरिकहरूमा आज असन्तुष्टि देखिएको छ,’ उनले भने ।

उनीहरूले व्यवस्था बदल्छु भनेर कांग्रेसलाई साथ दिँदै आएको उनको भनाइ थियो ।

नागरिकहरूले उठाएका प्रश्नबारे थापाले भने, ‘तिमिले व्यवस्था बदलेपछि मेरो अवस्था बदलिन्छ भनेर भन्यौं । तिमिले भनेको जस्तो मेरो अवस्था बदलिएको छैन ।’

लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?