+
+
Shares

असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डको प्रारम्भिक सूचीमा तिलोत्तमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १९:०३

२६ फागुन,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।

अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको नगरप्रमुख रामकृष्ण खांणले जानकारी दिए ।

उनका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको हो ।

ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागितामा सञ्चालित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेको हो ।

छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्याङकनको ५० अंकको आधारमा मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरिने ओआइडिपीको वेबसाइटमा उल्लेख छ ।

तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्पmत मत दिएर जिताउन नेपालभर र विश्वभर रहेका नेपालीलाई नगर प्रमुख खांणले अपिल गरेका छन् ।
नगरपालिकाका अधिकृत शंकर पन्थीका अनुसार ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ ।

उनका अनुसार अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ । ओआइडिपीको वेबसाइटमै गएर मत दिन सकिने उनले बताए ।

तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?