+
+
Shares

बारामा ३ कट्ठामा लगाइएको अफिम खेती नष्ट

बारा प्रहरीका अनुसार अवैधरूपमा तीन कट्ठामा लगाइएको करिब ३० हजार अफिमको बोट फडानी गरेर नष्ट गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:४९

२६ फागुन, काठमाडौं । बारामा अवैधरूपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

आदर्शकोतवाल गाउँपालिका-५ स्थित टेडाकट्टीमा करिब ३ कट्ठामा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

बारा प्रहरीका अनुसार अवैधरूपमा तीन कट्ठामा लगाइएको करिब ३० हजार अफिमको बोट फडानी गरेर नष्ट गरिएको हो ।

स्थानीयले लुकाइ छिपाइ अफिम खेती गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शजयनगरबाट खटिएको प्रहरीको संयुक्त टोलीले ८ स्थानमा लगाइएको अफिम फडानी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?