+
+
Shares

काभ्रेका पाँच विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा सहकार्यको सहमति

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:४५

२६ फागुन, काठमाडौं । आसन्न स्ववियू चुनावलाई लिएर काभ्रेका १६ मध्ये १५ क्याम्पसमा ५ विद्यार्थीहरूले भागबन्डा गरेका छन् ।

काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।

सहमतिअनुसार कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले ६/६ सभापति र माओवादी निकट अखिल क्रान्तिकारीले ३ क्याम्पस सभापति बाँडेका छन् ।

नेविसंघका जिल्ला अध्यक्ष अंजनराज खतिवडाका अनुसार नेविसंघले इन्द्रेश्वर, प्रकाश, कानपुर, चैतन्य र पार्वती क्याम्पस, मंगलजन विजय, अनेरास्ववियुलाई तेजगंगा, जनक, सर्वमंगला, डेडिथुमका, धुलिखेल र कुशादेवी तथा अखिल क्रान्तिकारीले प्रभा, श्रीकृष्ण दाप्चा र धुलिखेल क्याम्पसमा सभापति लिने सहमति भएको छ ।

त्यस्तै एकीकृत समाजवादी निकट अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ भने बिप्लबवाला अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा दुई सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?