+
+
Shares

जनमतको दुई दिने बैठकः ‘प्रतिगामी’ ध्रुवीकरण विरुद्ध लाग्ने

देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ नै हुने भन्दै त्यसको लागि घरघरमा विचार फैलाउने निर्णय जनमतले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १९:१९

२६ फागुन, काठमाडौं । जनमत पार्टीले प्रतिगामी ध्रुवीकरण विरुद्ध जनचेतना फैलाउने निर्णय गरेको छ । २५ र २६ फागुन (हिजो र आज) महोत्तरीको बर्दिवासमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा. शरदसिंह यादवका अनुसार बैठकले सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने निर्णय गरेको छ ।

‘बैठकले सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तैयारी गर्ने निर्णय समेत गरेको छ,’ प्रवक्ता डा. यादवले भने, ‘सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथ–साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय भएको छ ।’

केन्द्रीय समिति बैठकले राजनैतिक दल सम्बन्धी ऐन, थ्रेसहोल्डका प्रावधान, भूमि र नागरिकतासम्बन्धी अध्यादेशप्रति सचेत हुँदै प्रतिगामी कदमहरूलाई प्रखर रूपले विरोध गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ नै हुने भन्दै त्यसको लागि घरघरमा विचार फैलाउने निर्णय जनमतले गरेको छ । यस्तै, हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने निर्णय पनि जनमतले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?