+

पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

२०८१ फागुन  २७ गते ७:४० २०८१ फागुन २७ गते ७:४०
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

२७ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।

सिदार्थ रंगशालामा मधेश प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ । देउखुरीमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

दुवै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् । एक्स्ट्राटेक ओभल मैदानमा भने आज खेल छैन ।

सोमबार भएका खेलहरूमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई, त्रिभुवन आर्मीले बागमती प्रदेशलाई तथा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएका थिए ।

गत संस्करणको पीएम कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय