+
+
Shares
फिल्म :

‘१२ गाउँ २’को तयारी रोकेर विराजले साइन गरे ‘राम नाम सत्य’

माइकल चन्दले निर्देशन गर्ने यो फिल्ममा विराजलाई अभिनेताको रुपमा हेर्न पाइनेछ । विराजले यो फिल्म साइन गर्नुको अर्थ, उनको प्रतीक्षित फिल्म ‘१२ गाउँ’को श्रृंखलाको योजना केही पछि धकेलिनु हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १२:३६

काठमाडौं । फिल्म ‘१२ गाउँ २’ निर्माणको तयारी चलिरहँदा अभिनेता तथा निर्देशक विराज भट्टले नयाँ फिल्म साइन गरेका छन् । सामाजिक संजालबाट उनले नयाँ फिचर ‘राम नाम सत्य’ साइन गरेको बताएका हुन् ।

माइकल चन्दले निर्देशन गर्ने यो फिल्ममा विराजलाई अभिनेताको रुपमा हेर्न पाइनेछ । विराजले यो फिल्म साइन गर्नुको अर्थ, उनको प्रतीक्षित फिल्म ‘१२ गाउँ’को श्रृंखलाको योजना केही पछि धकेलिनु हो ।

म्युजिक भिडियो निर्देशनमा चिनिएका निर्देशक चन्द र आफूबीच सोमबार लिखित सम्झौता भएको विराजले जनाएका छन् । विराजले होम प्रोडक्सनको फिल्मको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ । फिल्मको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएका हुन् ।

यो फिल्मको छायांकन २०८२ सालको सुरुवातबाट थाल्ने योजना छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । उत्तम गुरुङ, उपेन्द्र शाही र श्वेता विमलीको लगानी हुनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्म एक्सन, लभस्टोरी, कमेडी जनरामा निर्माण हुन लागेको हो । निर्माण गरिनेछ । निर्देशक चन्दले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि-प्रोडक्सनमा समय लगाएको बताए । फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिँदै जाने योजना निर्माताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?