+
पीएम कप क्रिकेट :

दीपक डुम्रेको अर्धशतकमा कर्णालीमाथि गण्डकीको रोमाञ्चक जित

२०८१ फागुन  २७ गते १३:२३ २०८१ फागुन २७ गते १३:२३
दीपक डुम्रेको अर्धशतकमा कर्णालीमाथि गण्डकीको रोमाञ्चक जित

२७ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले रोमाञ्चक जित निकालेको छ ।

मंगलबार भएको लो स्कोरिङ खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले हराएको हो । कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एक समय २२ रनमै ६ विकेट गुमाएको गण्डकीका लागि दीपक डुम्रे र सुजन गौतमले साझेदारी बनाउँदै जित दिलाए । दीपक डुम्रेले अविजित ५० रन बनाए ।

कर्णालीका लागि कप्तान दिवान पुनले १० ओभरमा १३ रन दिएर ५ विकेट लिए । दिपेन्द्र रावतले २ तथा युनिशविक्रमसिंह ठकुरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८औं ओभरमा ९१ रनमा अलआउट भएको थियो । बिपिन शाहीले सर्वाधिक २० रन बनाए भने अर्जुन घर्तीले १७ रन बनाए ।

बिपिन रावलले १५ र हिमांशु शाहीले १२ रन बनाए । गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र बिपिन खत्रीले २-२ विकेट लिँदा सन्दीप पराजुली र अमृत गुरुङले १-१ विकेट लिए ।

कर्णालीको यो पहिलो हार हो । यसअघि कर्णालीले सुदुरपश्चिम प्रदेशलाई हराएको थियो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय