+
+
Shares

भ्यासलिन पेट्रोलियम जेलीका १० उपयोगिता

सरिता दुलाल पनेरु सरिता दुलाल पनेरु
२०८१ फागुन २७ गते १३:४७

भ्यासलिन पेट्रोलियम जेली प्रायः छाला सुख्खा हुने समस्या र ओठ फुट्ने समस्याबाट छुटकारा पाउन प्रयोग गरिन्छ । यसले छालालाई मोइस्चराइज गर्न मद्दत गर्छ । साथै छालाको आर्द्रतालाई पुनर्स्थापित पनि गर्छ ।

यसबाहेक मेकअप गर्दा हुने गल्तीलाई पेट्रोलियम जेलीको सहयोगले हटाउन सकिन्छ। यसलाई आफ्नो मेकअप किटमा समावेश गर्दा मेकअप रिमूभरको रुपमा साथै पर्फ्युमको बास्ना लामो समय टिकाइ राख्न पनि प्रयोग गर्न सकिन्छ । पेट्रोलियम जेलीलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ ।

भ्यासलिन पेट्रोलियम जेलीका फाइदा

अमेरिकन एकेडेमी अफ डर्माटोलोजी एशोसिएसनका अनुसार छाला शरीरको सबैभन्दा ठूलो अङ्ग हो र यसको हेरचाहका लागि भ्यासलिन पेट्रोलियम जेली प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

यसको प्रयोगले छालाको सुख्खापन कम हुन्छ र छाला चिलाउने समस्या पनि कम हुन्छ। यसको प्रयोग गरेर ओठ र आइलिडको छालालाई पनि मोइस्चराइज गर्न सकिन्छ। यसमा पाइने एन्टीब्याक्टेरियल गुणले छालामा हुने जलन र इन्फेक्सनबाट पनि छुटकारा दिन्छ ।

भ्यासलिन पेट्रोलियम जेली खनिज तेल र मैनबाट तयार गरिन्छ । यसले छालालाई मोइस्चराइज गर्नुका साथै दाग, धब्बाको समस्या पनि समाधान गर्न मद्दत गर्छ ।

यसबाट छालामा हुने जलन र घाउलाई कम गर्न सकिन्छ ।

भ्यासलिनलाई किन प्रयोग गरिन्छ ? 

१. जलेको दाग कम गर्न

कहिलेकाहीँ वाक्सिङ गर्दा हातमा जलेको दाग बस्ने गर्छ । यस्तो अवस्थामा भ्यासलिनको सहायताले जलेको दाग हटाउन सकिन्छ । यसको पातलो तह छालामा लगाउनाले दाग, धब्बा हटाउन मद्दत गर्छ र छालाको नरमपना पनि कायम रहन्छ ।

२. पर्फ्युमको बास्ना लामो समय टिकाउन

यदि परफ्युमको बास्ना लामो समय सम्म रहँदैन भने त्यसलाई लामो समय टिकाउन भ्यासलिनको मद्दत लिन सकिन्छ । यसका लागि हात र पल्स पोइन्टहरूमा भ्यासलिन पेट्रोलियम जेली लगाएर र यसपछि परफ्युम स्प्रे गर्नुपर्छ । यसरी घण्टौँसम्म सुगन्ध कायम रहन्छ र छालामा कुनै नकारात्मक असर पर्दैन ।

३. आइल्याश सिरमको रूपमा प्रयोग गर्न

मानिसहरू प्रायः लामो परेलाका लागि मस्कारा लगाउँछन्, जसले लुक बढाउन मद्दत गर्छ। यस्तो अवस्थामा परेलाको आकार बढाउन भ्यासलिन लगाउन सकिन्छ । यसले परेलालाई नरम र चम्किलो बनाउनुका साथै मेकअपपछिको लुक पनि बढाउँछ ।

४. नेल पोलिसको बोतल सुक्नबाट रोक्न

यदि नेल पोलिसको बोतल एक वर्ष भन्दा बढी भएको छ, यो सुख्खा र बाक्लो हुँदैछ, ढक्कन कडा छ भने त्यसको स्थिरता सामान्य राख्न नेल पेन्टको ढक्कनभित्र केही भ्यासलिन राख्न सकिन्छ।

यसले नेल पोलिसलाई अर्को पटक प्रयोग गर्दा खोल्न र प्रयोग गर्न सजिलो बनाउँछ । साथै नेल पोलिसलाई सुक्नबाट रोक्छ ।

५. पाउडर मेकअपलाई क्रिममा रूपान्तरण गर्न

थोरै मात्रामा भ्यासलिनको प्रयोग गरेर म्याट वा पाउडर मेकअप उत्पादनहरूलाई क्रिम फमुर्लामा रूपान्तरण गर्न सकिन्छ । आइस्याडो, ब्लस वा लिप बाम बनाउन जेलीसँग लुज पिग्मेन्ट मिसाउनु पर्छ । यसले क्रिमयुक्त बनावट सिर्जना गर्छ, जसले मेकअप पछि छालामा चमक कायम राख्छ ।

६. क्युटिकललाई मोइस्चराइज गर्न

पेट्रोलियम जेली नङलाई मोइस्चराइज गर्ने उत्तम विकल्प हो । थारै मात्रामा जेली लिने र यसलाई नङभरि लगाउने जसले छालालाई हाइड्रेटिंग र मोइस्चराइज गर्न मद्दत गर्छ । यसले क्युटिकल्सको रुखोपन कम गर्छ र नङ सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ ।

७. हाइलाइटरको रूपमा प्रयोग गर्न

यदि गालालाई हाइलाइट गर्न म्याट फिनिस हाइलाइटर खोज्दै हुनुहुन्छ भने, मेकअपपछि गालामा भ्यासलिन लगाउन सकिन्छ । भ्यासलिनको पातलो तहले गालाको चमक बढ्न थाल्छ । यसले मेकअपको लुक बढाउँछ ।

८. मेकअप दाग हटाउन

कहिलेकाहीँ अनुहारमा रहेको फाउन्डेसन र आइस्याडो फेसवासले हटाउन सकिँदैन । यस्तो अवस्थामा तेल वा भ्यासलिनको मद्दत लिन सकिन्छ । यसबाट छालामा हुने जलनबाट बच्न सकिन्छ । यसका साथै दाग धब्बाको समस्या पनि समाधान हुन थाल्छ । यसले छालाको आर्द्रता कायम राख्छ ।

९. झुम्का लगाउन मद्दत गर्न

यदि कानको प्वालहरू बन्द छन् वा तिनीहरू साना छन् भने, कानमा झुम्का लगाउनुअघि भ्यासलिन लगाउन सकिन्छ । यसो गर्दा कानको प्वालमा हुने जलनबाट बच्न सकिन्छ । यसबाट कानको छालामा बढ्दै गएको सुक्खापन र इन्फेक्सन हटाउन सकिन्छ ।

१०. शरीर स्क्रब बनाउन

छालाको मृत कोशिका हटाउन भ्यासलिनलाई बडी स्क्रबको रूपमा प्रयोग गर्न सकिन्छ । पेट्रोलियम जेलीलाई छालामा लगाउनुअघि चिनी मिलाउनुपर्छ । यसले छालालाई मुलायम बनाउँछ । हप्तामा दुई पटक यसको प्रयोग गर्नु छालाको लागि फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?