+
+
Shares

शिक्षक आन्दोलनलाई सरकारले अनादर गर्‍यो : सांसद केसी

प्रतिनिधिसभाको आजको बैठकमा सांसद अर्जुननरसिंह केसीले भने– ‘पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको रबैया निन्दनीय छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १३:३६

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनको अनादर गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले विगतमा भएका सहमति सरकारले कार्यान्वयन नगर्दा अहिले पनि शिक्षकहरू आन्दोलन गर्न बाध्य भएको बताए ।

‘लाखौं–लाख शिक्षकहरूको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ । सरकार निरन्तर सम्झौता गर्ने र अवहेलना गर्ने कार्य गरिरहेको छ । यो खेदजनक मात्र होइन, निन्दनीय छ,’ सांसद केसीले भने ।

उनले शिक्षक महासंघसँग भएको सहमतिको अनादर गर्नु दुःखद मात्र नभई निन्दनीय रहेको भन्दै तत्काल सहमतिको वातावरण बनाउन र सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘सरकारले पटकपटक गरेको प्रतिबद्धता पालना गर्दै शिक्षकहरूसँग तत्कालै वातावरण निर्माण गरोस् र वार्ता तथा संवादबाट समस्याको समाधान खोजोस्,’ उनले भने ।

सांसद केसीले विद्यालय शिक्षा ऐन जारी गर्न तथा एउटै विद्यालयमा १७/१८ थरिका शिक्षक रहेको अवस्था अन्त्यका लागि एकीकृत गर्ने काममा लाग्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?