+

लिभरपुलका प्रशिक्षक स्लट : पीएसजीलाई हराउन सिजनकै उत्कृष्ट खेल्नुपर्छ

२०८१ फागुन  २७ गते १३:५३ २०८१ फागुन २७ गते १३:५३
लिभरपुलका प्रशिक्षक स्लट : पीएसजीलाई हराउन सिजनकै उत्कृष्ट खेल्नुपर्छ

२७ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेलमा आज राति इंग्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो लेगमा लिभरपुलले १-० को जित हात पारेको थियो तर प्रशिक्षक आर्ने स्लट भने त्यो नतिजाबाट ढुक्क छैनन् । दोस्रो लेगको खेलअघि उनले पीएसजीविरुद्ध सिजनकै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने आवश्कता रहेको बताएका छन् ।

गत साता पेरिसमा भएकको अन्तिम १६ को पहिलो लेगमा लिभरपुल अधिकांश समय पछि रहेपनि हार्भे एलिओटको एक मात्र गोलमा १-० ले विजयी भएको थियो । यो नतिजा राम्रो रहेपनि मंगलबार घरेलु मैदान एनफिल्डमा हुने खेलमा आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने स्लटले बताए ।

‘हो, मलाई त्यस्तै लाग्छ’ यस सिजन खेलेका अन्य खेलहरुभन्यदा यस खेलमा लिभरपुलले राम्रो खेल्नुपर्छ भन्ने प्रश्नमा स्लटले भने, ‘पीएसजी हामीले खेल्न लागेको मध्ये सबैभन्दा राम्रो टिम हो।’

प्रशिक्षक स्लटले यस सिजन इंग्ल्याण्डकै आर्सनल र म्यानचेष्टर सिटीसहित धेरै क्लबसँग खेलेपनि पीएसजीको टिम राम्रो रहेको बताए । ‘पीएसजीको टिममा क्षमता छ । धनी क्लबमध्ये एक हो र राम्रो प्रशिक्षक छ । उनीहरुसँग खेल्न सहज हुने छैन’ उनले भने ।

लिभरपुल यस सिजन घरेलु मैदानमा एक खेलमा मात्र पराजित भएको थियो । सेप्टेम्बरमा नटिङहम फरेस्टसँग लिभरपुलसँग १-० ले एनफिल्डमा पराजित भएको थियो । प्रशिक्षक स्लटले पीएसजी विरुद्ध खेल्दा सतर्क रहेर खेल्नुपर्ने पनि बताए ।

‘हामी हरेक खेल जित्ने प्रयासका साथ खेल्छौं’ उनले भने, ‘गत साता पनि हामीले त्यही प्रयासका साथ खेलेका थियौं । मंगलबार हामी फरक खेल खेल्न चाहन्छौं।’

लिभरपुलका फरवार्ड कोडी गाक्पो चोटपछि रिकभर भएका छन् र यस खेलका लागि उपलब्ध हुनेछन् । जुन लिभरपुलका लागि राम्रो संकेत हो ।

पीएसजीका प्रशिक्षक लुइस एनरिकेले लिभरपुलविरुद्ध जित निकाल्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले अहिलेकै नतिजा कायम रहे आफूहरु बाहिरिने भन्दै आफूहरुसँग मैदानमा गएर जित बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

आर्ने स्लट पिएसजी लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय