+
+
Shares

राजसंस्थालाई माओवादी सांसदले दिए अस्तुको संज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १३:५९

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले राजसंस्थाको नाममा अनावश्यक गतिविधि हुन थालेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारको काम प्रभावकारी हुन नसक्दा राजसंस्था पक्षधरहरू सलबलाउन थालेको बताए ।

यसक्रममा उनले राजसंस्थालाई अस्तुको संज्ञा दिएका हुन् ।

‘… चिहानको चपरिमुनि पुरिएको राजसंस्था प्रेत बनेर सबलबलाइरहेको छ । कात्रोमा पोको पारेर फालेको अस्तु, बगाइसकेको संस्था फर्कन त सक्दैन सक्दैन भूत पिचास बनेर दुःख दिने दुस्प्रयास गर्ने मौका पाएको छ । सबैलाई चेतना भया,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?