+
+
Shares

उम्मेदवार चयनमा सकस, त्रिवि विश्वविद्यालय क्याम्पसमा ५ बजेसम्म मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १४:४४

२७ फागुन, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा ५ बजेसम्म उम्मेदवार मनोनयन गर्न सकिने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विद्यार्थी र क्याम्पसबीच मनोनयन गर्ने समय ५ बजेसम्म राख्ने सहमति भएको हो ।

कतिपय क्याम्पसमा मनोनयनको समय २ बजेसम्म तोकिएको छ । तर विश्वविद्यालय क्याम्पसमा भने ५ बजेसम्मको समय तोकिएको हो ।

‘आन्तरिक सहमति गरेर समय तोकिएको हो,’ क्याम्पसका प्रिन्सिपल अक्कलदेव मिश्रले भने ।

मुख्य विद्यार्थी संगठनहरूले उम्मेदवार चयन गर्न ढिलाई गरेपछि मनोनयन गरेका छैनन् । मुख्य संगठनका नेताहरू त्रिविमै आएर उम्मेदवार मिलाउने प्रयास गरिरहेका छन् ।

साढे दुई बजेसम्म नेपाल क्रान्तिकारी विद्यार्थी संघ, सुधारवादी विद्यार्थी संघ, अखिल क्रान्तिकारी बहुमत, नेपाली विद्यार्थी मञ्च, राप्रपा विद्यार्थी संघ र स्वतन्त्र उम्मेदवारले पनि मनोनयन गरेका छन् ।

विश्वविद्यालय क्याम्पसमा ६ हजार १ सय ४६ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?