+
+
Shares

सरकार बिचौलियाले चलायो भन्ने प्रचण्डलाई एमाले सचिवको प्रश्न : सर्पले सर्पको खुट्टा देखेको हो ?

प्रतिनिधिसभामा मंगलबार बोल्दै विष्टले विगतमा त्यस्ता प्रवृत्तिका व्यक्तिसँग उठबस गर्ने गरेकैले गर्दा प्रचण्डलाई यस्तो भान परेको हो कि भनी आशंका गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १५:२७

२७ फागुन, काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद गोकर्ण विष्टले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

प्रतिनिधिसभामा मंगलबार बोल्दै विष्टले विगतमा त्यस्ता प्रवृत्तिका व्यक्तिसँग उठबस गर्ने गरेकैले गर्दा प्रचण्डलाई यस्तो भान परेको हो कि भनी आशंका गरे ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ,’ विष्टले संसद्‍मा भने, ‘सर्पले सर्पको खुट्टा देख्छ भनेझैं उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ?’

विष्टले सुशासन प्राप्तिका लागि गरेका प्रयास, अनि सुधारका योजनाले सबैको साथ पाउनुपर्ने बताए ।

‘कानुनी संरचना निर्माण र कार्यान्वयनका लागि जनशक्ति निर्माण गर्न बजेटमार्फत् आशा जगाउन आवश्यक छ,’ विष्टले भने, ‘लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र हो । राष्ट्र र जनताको हितलाई केन्द्रभागमा राखेर अघि बढौं । आरोप प्रत्यारोप जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?