+
+
Shares

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १५:४२

२७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।

सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?