+
+
Shares

कांग्रेस कार्यालयमा शिक्षकहरूको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १५:४७

२७ फागुन, काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

राजनीतिक दलहरूका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलबार कांग्रेस कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरूले शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्‍याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे ।

देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?