+
+
Shares

त्रिचन्द्रमा नेविसंघसँग प्रतिस्पर्धा गर्न अन्य सात संगठनबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १७:१९
नेविसंघका अध्यक्ष उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुका प्रमित विष्ट

२७ फागुन, काठमाडौं । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघसँग प्रतिस्पर्धा गर्न त्रिचन्द्र क्याम्पसमा अन्य सात संगठनले चुनावी तालमेल गरेका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघसँग प्रतिस्पर्धा गर्नका लागि ६ वटा कम्युनिस्ट पार्टीधर विद्यार्थी संगठन र एउटा आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले चुनावी तालमेल गरेका हुन् ।

नेविसंघले गोविन्द कोइरालालाई त्रिचन्द्रमा अध्यक्षको उम्मेदवार बनाएको छ ।

कोइराला नेतृत्वको नेविसंघका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न अन्य सात संगठनले अध्यक्षमा अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् । विष्ट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका हुन् ।

चुनावी तालेमल उम्मेदवारमा अनेरास्ववियुलाई २, अखिल (क्रान्तिकारी)लाई ३ अनेरास्ववियूबाट २ जना भागबण्डा गरिएको छ । अन्य संगठनहरू अनेरास्ववियू (क्रान्तिकारी बहुमत), अनेरास्ववियू (समाजवादी), अनेरास्ववियू छैठौं र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ १/१ जना उम्मेदवार हुनेगरी तालमेल गरिएको हो ।

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आजका लागि तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा ५ चैतमा स्ववियु निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?