+

साफ यू-१९ च्याम्पियनसिप ड्र सार्वजनिक : नेपाल र भारत एकै समूहमा

२०८१ फागुन  २७ गते १७:२० २०८१ फागुन २७ गते १७:२०
साफ यू-१९ च्याम्पियनसिप ड्र सार्वजनिक : नेपाल र भारत एकै समूहमा

२७ फागुन, काठमाडौं । भारतमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी ड्र सार्वजनिक गरिएको हो ।

ड्र अनुसार नेपाल समूह बी मा परेको छ । नेपालसँगै भारत र श्रीलंका पनि सोही समूहमा छन् ।

समूह ए मा माल्दिभ्स, बंगलादेश र भुटान छन् ।

दक्षिण एसियाका पाकिस्तान बाहेक बाँकी ६ टिमलाई ३ पटमा राखेर ड्र गरिएको थियो । सिनियर टिमको फिफा वरियताको आधारमा टिमलाई ३ पटमा विभाजन गरिएको थियो । साविक विजेता तथा भारत र माल्दिभ्स पट ए मा, नेपाल र भुटान पट बी तथा बंगलादेश र श्रीलंका पट सी मा राखिएको थियो ।

प्रतियोगिता आगामी मे ८ देखि १७ सम्म भारतको अरुणाञ्चल प्रदेशमा आयोजना तय छ । खेलहरु गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ ।

साफ यू-१९ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय