+
+
Shares

पेस्तोल र लागु औषधसहित काठमाडौंबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १७:५१

२७ फागुन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० घर भई हाल गोकणेश्वर नगरपालिका– २ भाडगाउँमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशी रहेका छन् ।

जोशीले कोठामा अवैध हातहतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयनमा प्रहरी वृत्त स्वयम्भूको टोलीले खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा पेस्तोल एक थान, म्याग्जिन दुई थान, गोली १० राउण्ड, लागुऔषध (पोल्याण्ड) २ सय ५० ग्राम, ट्रामाडोल १० क्याप्सुल, ल्यापटप १ थान, तराजु १ थान, मोबाइल ७ थान र आई प्याड १ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

पक्राउ परेका जोशी यसअघि पनि अभद्र व्यवहार र लागु औषध कसुरमा पटक पटक पक्राउ परी मुद्दा दर्ता भई अनुसन्धान भएको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?