+
+
Shares

एक दशकपछि हुन लागेको विशाल बजारको साधारणसभा अदालतले रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १८:१९

२७ फागुन, काठमाडौं । एक दशकपछि साधारणसभा संचालन गर्न लागेको विशाल बजार कम्पनीलाई उच्च अदालत पाटनले रोकिदिएको छ ।

किशोर लोहियाले कम्पनीलाई विपक्षी बनाउँदै हालेको मुद्दामा उच्च अदालत पाटनले साधारणसभा रोक्न आदेश दिएको हो । कम्पनीले भोलि फागुन २८ गतेका लागि साधारणसभा बोलाएको थियो ।

कम्पनीले सेयरधनीको लगानीको मूल्यांकन नगरी आफूहरुलाई अलग राखेर साधारणसभा सञ्चालन गर्न लागेको भन्दै निवेदकले उपयुक्त आदेश जारी गरी पाउँ भन्दै मुद्दा दायर गरेका थिए ।

साथै अदालतले कम्पनीसँग यस विषयमा आधिकारिक जानकारी माग गरेको छ । निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो ? आधार, कारण र प्रमाण भए सो समेत खुलाएर बाटाका म्याद बाहेक १५ दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई अदालतमा उपस्थित हुन कम्पनीलाई भनिएको छ ।

कम्पनीले १४ चैत २०७० मा आर्थिक वर्ष २०६९र७० सम्मको ३३औं वार्षिक साधारणसभा सफल रूपमा सम्पन्न गरेको थियो । त्यसपछि ३४औं साधारणसभा सेयरधनीको लफडापछि रोकियो । त्यसयता साधारणसभा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?