+
+
Shares

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १९:३६

२७ फागुन, काठमाडौं । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।

काठमाडौं उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुन (आज)का लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको परिषद्ले जानकारी गराएको छ ।

विद्यार्थीहरूको विवाद, भर्नाको विषय लगायतका कारणले नेपाल ल, पव्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेको छैन । उपत्यकाका अरु क्याम्पसमा भने उम्मेदवारी दर्ता भएको त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले जानकारी गराए ।

मधेस २, काठमाडौंका ४ र लुम्बिनीको एक गरी सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको केसीले बताए ।

‘६२ आंगिक क्याम्पसमध्ये ५५ मा शान्तिपूर्ण ढंगले उम्मेदवारको मनोनयन दर्ता भएको छ,’ केसीले भने । रोकिएका स्थानमा १५ दिनभित्र गर्नुपर्ने भनिएकाले चैत ५ वरपर निर्वाचन हुने अपेक्षा केसीले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?