+
+
Shares

जनमतले तोक्यो मधेश प्रदेश समन्वय समिति पदाधिकारी

बैठकले समन्वय समिति अध्यक्षको जिम्मेवारी रामस्नेही यादवलाई दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते २०:०१

२७ फागुन, जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश समन्वय समितिको पदाधिकारी चयन गरेको छ ।

महोत्तरीको बर्दिबासमा बसेको जनमत पार्टीको मधेश प्रदेश समन्वय समितिको बैठकले पदाधिकारी चयन गरेको हो ।

बैठकले समन्वय समिति अध्यक्षको जिम्मेवारी रामस्नेही यादवलाई दिएको छ । समन्वय समितिमा रहने दुई जना उपाध्यक्षमा भरत चौधरी र सन्तोष पटेल रहेका छन् ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार समन्वय समिति सचिवमा कौशलेन्द्र गिरी, सहसचिवमा पनिलाल महतो, कोषाध्यक्षमा ललिता चौधरी र प्रवक्तामा ललितचन्द्र मन्लिन (सानु) रहेका छन् ।

प्रवक्ता यायादवका अनुसार समन्वय परिषद्‍को संरक्षकमा रामप्रसाद मण्डल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?