
२७ फागुन, काठमाडौं । स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
शितल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा प्रकाश डाँगी निर्विरोध निर्वाचित भएका छन् ।
राडीज्युला शिक्षा क्याम्पसको अध्यक्षमा सुप्रिम ओली, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा दीपेन्द्र ओली निर्विरोध भएका छन् ।
यसैगरी, सानीभेरी शिक्षा क्याम्पसको स्ववियु अध्यक्षमा वीरभान भण्डारी र स्यार्फु बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा टेकराज विश्वकर्मा र्वििरोध निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4