२७ फागुन, काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता-२०८१ सुरु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य लगायत सिनियर प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।
अम्पायर धर्म सुन्दर शाक्यलाई बल हस्तान्तरण गरी प्रतियोगिताको सुरुवात भएको थियो ।
पहिलो खेलमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिमले कर्णाली प्रदेश प्रहरी कार्यालय टिमलाई १० विकेटले सहजै हरायो ।
‘लो स्कोरिङ’ खेलमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिमका पेश बलरहरू हावी भएका थिए ।
त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमले बागमती प्रदेश प्रहरी कार्यालय टिममाथि ४ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो ।
३ वटा अर्धशतक बनेको उक्त खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमका युवराज सेन वली प्रतियोगिताको पहिलो अर्धसतक पुरा गरेका थिए । १५९ रनको लक्ष पछ्याउने क्रममा पहिलो ओभरमा सुरूवाति २ विकेट गुमाएर पनि सम्हालिएको बागमती प्रदेश प्रहरी कार्यालय टिमले अन्तिम ओभरमा ९ रन बनाउन नसक्दा पराजित भएको थियो ।
बागमती टिमका लागि विजय घलानले नटआउट ८२ र सविन घर्तिमगरले ५३ रन बनाएका थिए ।
५० बलमा ८२ रन बनाउनुका साथै ३ विकेट समेत लिएका विजय घलान उक्त खेलको प्लेअर अफ दि म्याच घोषित भए ।
प्रतिक्रिया 4