
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकािरक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको काठमाडौंमा हालै सार्वजनिक भएका ‘कर्भ ईभी’, ‘नेक्सन के३ ईभी’ र ‘टाटा सफारी’ वीरगञ्जमा पनि सार्वजनिक गरेको छ ।
वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडी कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीका साथ सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान उपस्थित थिए ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतीले वीरगञ्जमा टाटाका नयाँ गाडी सार्वजनिक गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए ।
‘अब ग्राहकले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडी आफ्नो बजेट र इच्छा अनुसार रोज्न सक्छन्,’ उनले भने, ‘र, बिक्रीपछिको सेवाका लागि सिप्रदी तत्परसाथ लागिरहेको छ । त्यसैले टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन सकिन्छ ।’
त्यस्तै, प्राइम मोटर्सका सञ्चालक सुबोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडी सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।
विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ ईभी धेरै ग्राहकले प्रतीक्षा गरिरहेको र आजदेखि गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको बताए ।
टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दुरीको यात्रा काठमाडौं, भारतको पटना, मुज्जफरपुर सजिलै आवत जावत गर्न सकिने बताए ।
वीरगञ्जका ग्राहकले आजैदेखि शोरुममा गएर कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
प्रतिक्रिया 4