
२७ फागुन, काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सडक विभागले २८ फागुन (बुधबार) ठेक्का आह्वान गर्ने भएको छ ।
सडक विभाग महानिर्देशक रामहरि पोखरेलका अनुसार बुधबार एक खण्ड (भकुन्डेबेँसी–नेपालथोक) पुनर्निर्माण गर्न ठेक्का आह्वान हुनेछ । यो साताभित्र सबै खण्डको ठेक्का लागिसक्ने उनले बताए ।
विभागका अर्का एक अधिकारीले साढे ८ अर्ब रुपैयाँ हाराहारीमा बीपी राजमार्ग पुनर्निर्माणको चार थान ठेक्का लाग्ने जानकारी दिए । तीमध्ये तीन वटा ठेक्का सडक डिभिजन भक्तपुर र बाँकी एउटा सडक डिभिजन खुर्कोटले आह्वान गर्नेछन् ।
बीपी राजमार्ग दुई लेनको छ । असोजको बाढीपहिरोले यो राजमार्गको २८ किलोमिटर खण्डमा क्षति पुगेको छ ।
प्रतिक्रिया 4