२७ फागुन, काठमाडौं । हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को सेमिफाइनल समिकरण पूरा भएको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको मंगलबर समूह चरण र क्वाटरफाइनलको खेल सम्पन्न भएपछि अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
पहिलो सेमिफाइनमा ग्रिनफिल्ड इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा सिसिआरसीले गोल्डेन गेट इन्टरनेसनल कलेजसँग खेल्नेछ ।
मंगलबार भएको खेलमा ग्रिनफिल्डले वर्नहार्टलाई ६३–५१ को स्कोरमा पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको हो । ग्रिनफिल्डका सोनम स्याङ्बो लामाले १७ स्कोर जोडे । यस्तै जेभियर इन्टरनेसनल कलेजले हेराल्ड इन्टरनेसनल कलेजलाई ६९–३५ को स्कोरमा हराउँदै अन्तिम चारमा पुगेको हो ।
अर्को क्वाटरफाइनलमा गोल्डेनगेटले काठमाडौँ वल्ड स्कुललाई ६७-४२ को स्कोरमा पराजित गर्यो । गोल्डेन गेटका दिवस भुजेलले १७ स्कोर दिलाए । यस्तै सिसिआरसीले लालिगुँरास कलेजलाई ७२-४४ स्कोरमा हरायो । सिसिआरसीका सुरेश मगरले सर्वाधिक २० अंक जोडे ।
सेमिफाइल र फाइनल खेल बुधबार हुने आयोजकले जानएको छ ।
प्रतियोगितामा उपत्यकाका १६ वटा कलेजको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4