+

सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च भिड्दै

२०८१ फागुन  २८ गते ८:१३ २०८१ फागुन २८ गते ८:१३
सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च भिड्दै

२८ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनल खेल आज दिउँसो हुँदैछ ।

सैनामैना रंगशाला मुर्गियामा हुने फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहरबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन् ।

मुर्गिया फुटबल क्लबको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रविन भारीले बताए ।

विजेता टिम र खेलाडीलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

सैनामैना गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय