+

पीएम कप क्रिकेटमा आज दुई खेल

२०८१ फागुन  २८ गते ८:२४ २०८१ फागुन २८ गते ८:२४
पीएम कप क्रिकेटमा आज दुई खेल

२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।

सिदार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचखेल हुनेछ । एक्स्ट्राटेक ओभल मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

दुवै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् । देउखुरी क्रिकेट रंगशालामा भने आज खेल छैन ।

सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा कर्णाली प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो । त्रिभुवन आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो ।

त्यस्तै कोशी प्रदेशले लुम्बिनी प्रदेश र मधेश प्रदेशसँग हार व्यहोरेको छ भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई हराएको छ ।

अंकतालिकामा एपीएफ २ अंकसहित शीर्षस्थानमा छ भने समान अंकसहित मधेश, आर्मी, कर्णाली, पुलिस, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी क्रमश: दोस्रो तेस्रो चौथो, पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् ।

अंकविहीन बागमती र कोशी नवौं र १०औं स्थानमा छन् ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय