+

वुमन्स डे कपमा नेपालले आज नामिबियासँग खेल्दै

२०८१ फागुन  २८ गते ८:४७ २०८१ फागुन २८ गते ८:४७
वुमन्स डे कपमा नेपालले आज नामिबियासँग खेल्दै

२४ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप टी-२०आई शृंखलामा आज चौथो दिनका खेलहरू हुँदै छन् ।

नेपालले आफ्नो चौथो खेलमा नामिबियासँग खेल्दै छ । युगाण्डा र हङकङको खेल पनि छ । नेपालको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङसँग २ रनले परााजित भएको थियो ।

नामिबियाले पहिलो खेलमा नेपाललाई हराएपनि युगाण्डा र हङकङसँग पराजित भएको थियो । अंकतालिकामा युगाण्डा र हङकङ ४-४ अंकसहित पहिलो र दोस्रोमा छन् ।

नेपाल र नामिबिया २-२ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । नेपालले यसपछि फागुन २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

वुमन्स डे कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय