+
+
Shares

बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते ९:२६

२८ फागुन, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको छ ।

बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै अमलेखगञ्जबाट बरिष्ठ सई टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?