+
+
Shares

२४ चैतमा काठमाडौंमा खबरदारी सभा गर्दै आजपा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते ११:१४
आजपा अध्यक्ष प्रभु साह

२८ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी चैत २४ गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार खबरदारी सभा अगाडि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।

सामाजिक सञ्जालमा भिडियो राख्दै उनले दलाल दलतन्त्रको विरोध गर्नका लागि २४ चैतमा खबरदारी सभा गर्न लागिएको बताएका छन् ।

पढ्नदेखि रोजगारीसम्मका लागि विदेशिने क्रम निरन्तर बढ्दो रहेको उल्लेख गर्दै यो अवस्था सृजना हुनुमा शासनसत्तामा रहेका नेताहरु जिम्मेवार रहेको आरोप उनले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?