२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू भइरहेका छन् ।
सिदार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल भइरहेको छ । जारी खेलमा सुदूरले आर्मीलाई सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले ४५.३ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको छ । निश्चल क्षेत्री ४९ रनमा अविजित रहेपनि अन्यबाट साथ पाउन सकेनन्। सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए ।
आर्मीका शाहब आलमले १० ओभरमा १९ रन दिएर ४ विकेट लिए भने सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले १-१ विकेट लिए ।
सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा कर्णाली प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो । त्रिभुवन आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो ।
प्रतिक्रिया 4