२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू भइरहेका छन् ।
एकस्ट्राटेक ओभल मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लब र कोशी प्रदेश खेलिरहेका छन् । पुलिसले कोशीसामू बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनायो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । त्यस्तै दिलिप नाथले ६१ रन बनाए ।
राशिद खान र अर्जुन साउदले समान ३८ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन बनाए ।
कोशीका भुपाल लुइटेलले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले १-१ विकेट लिए ।
हालसम्म दुई खेलमा जितविहीज रहेको कोशी प्रदेशले लुम्बिनी प्रदेश र मधेश प्रदेशसँग हार व्यहोरेको थियो भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई हराएको थियो ।
प्रतिक्रिया 4