
२८ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोर निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।
६ फागुनमा बादलको घरमा उनका साथी १९ वर्षीय निरज मृत भेटिएका थिए । त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बादललाई पक्राउ गरेको थियो । उनी विरुद्ध भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको थियो ।
२६ फागुनमा न्यायाधीश दिलीपराज पन्तको इजलासले बादललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
प्रहरीका अनुसार निरज ५ फागुनको राति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।
६ फागुनको दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ थियो । प्रहरीको टोली घटनास्थलमा पुग्दा उनी मृत भेटिएका थिए ।
प्रतिक्रिया 4