+

वुमन्स डे कप : नेपाललाई नामिबियाको बलियो लक्ष्य

२०८१ फागुन  २८ गते १४:१६ २०८१ फागुन २८ गते १४:१६
वुमन्स डे कप : नेपाललाई नामिबियाको बलियो लक्ष्य

२८ फागुन, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।

एन्टेबेमा जारी खेलमा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।

यो प्रतियोगितामा बनेको अहिलेसम्मको सर्वाधिक योगफल हो । नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्टले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले ४ ओभरमा ९ रन दिएर २ विकेट लिइन् । रिया शर्मा र कप्तान इन्दु बर्माले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँगै पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डलाई हराउँदा तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

वुमन्स डे कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय