+
+
Shares
बलिउड :

नाफा कमाउने मामिलामा ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो

लगानीको ३०० प्रतिशत नाफा

४ सातामा यसले नाफा कमाउने मामिलामा अल्लु अर्जुनको ‘पुष्पा २’लाई पनि उछिनेको छ । यद्यपि, यो फिल्म श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भन्दा पछाडि अवश्य छ । विश्वभर ७०० करोड र भारतमा ५०० करोड क्लबमा प्रवेश गरेको विक्की कौशलको फिल्मको व्यापार वास्तवमै अकल्पनीय छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १४:१७

मुम्बई । औरंगजेबको दमन र संभाजी महाराजको वीरताको कथा भन्ने बलिउड फिल्म ‘छावा’ले भारतीय बक्सअफिसमा अहिले पनि उत्तिकै चर्चा बटुलिरहेको छ । प्रदर्शनको २६ औं दिनमा पनि फिल्मले करोडौंको ब्यापार गरिरहेको छ ।

४ सातामा यसले नाफा कमाउने मामिलामा अल्लु अर्जुनको ‘पुष्पा २’लाई पनि उछिनेको छ । यद्यपि, यो फिल्म श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भन्दा पछाडि अवश्य छ । विश्वभर ७०० करोड र भारतमा ५०० करोड क्लबमा प्रवेश गरेको विक्की कौशलको फिल्मको व्यापार वास्तवमै अकल्पनीय छ ।

लक्ष्मण उतेकर निर्देशित फिल्म सन् २०२५ को हालसम्मको घरेलु र विश्वव्यापी बक्सअफिसमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ । फिल्मको बजेट १३० करोड भारु रहेको बताइएको छ । यस हिसाबले मुलुकमा मात्रै ४ गुणाभन्दा बढी कमाइ गरिसकेको छ ।

सबैभन्दा पहिले, २६ औं दिनको कमाई गणना गरौं । भारतीय बक्सअफिसको डेटा मूल्यांकन गर्ने एजेन्सी सक्निल्कका अनुसार मंगलबार ‘छावा’ले मुलुकभर ५ करोड १५ लाख भारु नेट कमाएको छ । जसमध्ये हिन्दीमा करिब ४ करोड र तेलुगु संस्करणबाट १.१५ करोड रुपैयाँ कमाएको छ ।

२६ दिनमा फिल्मको कुल कलेक्सन अहिले ५३०.९५ करोड भारु पुगेको छ । विश्वव्यापी कलेक्सनका हिसाबले ‘छावा’ले करिब ७२० करोड भारुको ग्रस कलेक्सन गरेको छ । जसमध्ये विदेशमा कुल आम्दानी करिब ८५ करोड ५० लाख भारु छ ।

नाफाको हिसाबले यो फिल्मले अर्को बलिउड फिल्म ‘स्त्री २’बाहेक सन् २०२४ मा रिलिज भएका सबै फिल्मलाई पछाडि छाडेको छ । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ पनि पछाडि परेको छ । १३० करोड भारु बजेटमा बनेको पिरियड ड्रामाले भारतीय बक्स अफिसमा हिन्दी संस्करणबाट करिब ३९० करोड भारु कमाएको छ । यो कमाइ लगानीको तुलनामा ३००% प्रतिफल हो ।

‘पुष्पा २ः द रुल’ को कुल बजेट ४००-५०० करोड भारु थियो । हिन्दी संस्करणमा, यो फिल्मले ८१२.१४ करोड भारु लाइफटाइम कलेक्सन गरेको थियो । हिन्दी संस्करणको बजेट २०० करोड भारु मान्ने हो भने ‘पुष्पा २’ले लगानीमा ३०६.०७ प्रतिशत नाफा कमाएको थियो ।

चाखलाग्दो कुरा के छ भने ‘छावा’ अहिले पनि हलमा चलिरहेको छ । ‘पुष्पा २’ को यो लाइफटाइम कलेक्सन हो । यसको अर्थ ‘छावा’को आम्दानीमा अझै वृद्धि हुने देखिन्छ । नाफा कमाउने खेलमा अल्लु अर्जुनको फिल्मलाई ‘छावा’ले हराएको छ ।

नाफा कमाउने मामिलामा अहिले पनि ‘स्त्री २’ शीर्षस्थानमा छ । सन् २०२४ मा रिलिज भएको यो हरर कमेडी फिल्मको बजेट ६० करोड भारु थियो । यसले भारतमा मात्रै ५९७.९९ करोड भारु कमायो । घरेलु बजारमा मात्रै ५३७.९९ करोड रुपैयाँ नाफा कमायो जुन जुन कुल लगानीको ८९६.६५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?