+

काठमाडौं जिल्ला अन्तर पालिका फुटबल प्रतियोगिता हुने

२०८१ फागुन  २८ गते १४:५९ २०८१ फागुन २८ गते १४:५९
काठमाडौं जिल्ला अन्तर पालिका फुटबल प्रतियोगिता हुने

२८ फागुन, काठमाडाैं । जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता (डीसीसी कप) हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सञ्चालन हुने जानकारी गराएको हो ।

फुटबल नेपालको लोकप्रिय यही खेल रहेको र त्यसको विकास र विस्तारमा टेवा पुऱ्याउने र फुटबलका माध्यमबाट अन्तर पालिका समन्वय गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

‘हाम्रो काम नै समन्वय गर्ने भएकोले सबै पालिकाहरुसँग सल्लाल गरेर पहिलो पटक अन्तरपालिका फुटबल प्रतियोगिता गर्न लागेका हाैं’ जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष सन्तोष बुढाथोकीले भने ।

प्रतियोगितामा काठमाडौं जिल्लाको ११ वटै पालिकालाई सहभागी गराउने लक्ष्य रहेको बुढाथोकीले जानकारी दिए । ‘एक महानगर र दस पालिका गरि ११ वटा पालिका छन् । अहिलेसम्म ६ टिम खेल्ने पक्का भइसकेको छ । बाँकीले आज बेलुकासम्म पक्का गर्नुहुन्छ होला’ उनले भने ।

६ देखि ८ वटासम्म भएमा लिग खेलाउने र सबै टिम सहभागी भए नकआउट फर्म्याटमा खेलाउने जनाइएको छ । प्रतियोगिता सञ्चालन गर्न १० देखि १२ लाख खर्च लाग्ने उक्त खर्च सबै पालिकाले नै दामासाही व्यहोर्ने व्यवस्था रहेको छ ।

प्रतियोगिताको विजेताले नगद रु. दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले एक लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुनका लागि सम्बन्धित पालिकाकै स्थानिय खेलाडी हुनुपर्ने आयोजकले जनाएको छ ।

काठमाडौं जिल्ला अन्तरपालिका फुटबल डीसीसी कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय